कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा मंगलबार पुनः मतदान हुने भएको छ ।
विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा फर्जी मत परेपछि विवाद हुँदा मतदान स्थगित भएको हो ।
अर्काको मतदाता परिचयपत्रबाट मतदान भएपछि स्थगित भएको थियो । भोलि मतदान हुँदैछ । सबै तयारी पूरा भइसकेको बताइएको छ ।
मंगलबार बिहान ५ देखि ७ बजेसम्म मतदान हुनेछ । पुनर्वास नगरपालिका १० मा ३ हजार १५ मतदाता छन् ।
Leave a Reply