Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुग्लिन–काठमाडौं सडकखण्ड अवरूद्ध, सयौं यात्रु अलपत्र

काठमाडौं । हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुखलाई पन्छाउने प्रायस भइरहेको चितवन प्रहरीले जनाएको छ ।

बाटो बन्द भएका कारण यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077