Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनको हारजितमा लिखत गरी २८ किलाको खसी बाजी राख्ने दुई युवालाई समात्यो प्रहरीले

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको हारजितको विषयलाई लिएर २८ किलोको खसी बाजी राखेको २ युवालाई प्रहरीले पक्राउ गरेको छ।

शाहको हारजितको विषयमा लिखित रुपमा २८ किलोको खसीको बाजी गरेको विषय सार्वजनिक भएपछि प्रहरीले बाजी राखेको आारोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

कानुन विपरीत हारजित हुने गरी सट्टाबाजी राखेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

प्रहरीले खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–५ का विजय फुयाल र रमेश खड्कालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले भने उनीहरुलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077