Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन र केशवको मतान्तर ३४४३, सुनिताको मत रामेश्वरको भन्दा चार गुण बढी

काठमाडौं । काठमाडौंको महानगपालिकाको मतगणना रोचक बन्दै गएको छ । निर्वाचन अघि प्रतिस्पर्धी नै नभएको बताएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित अहिले स्वतन्त्र उम्मेदवार बालेन शाहसँग तीन हजार भन्दा बढी मतले पछाडि छन् ।

यता उपमेयरमा भने एमालेकी सुनिता डंगोलले गठबन्धनको तर्फबाट उम्मेदवार भनेको नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई चार गुणा बढी मतले पछाडि पारेकी छन् ।

बालेन शाहले ७ हजार ८९ मत प्राप्त गरिसकेका छन् भने स्थापितले ३ हजार ६४६ मत प्राप्त गरेका छन्। उनीहरूबीच तीन हजार ४४३ मतको अन्तर छ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भने तीन हजार ३०० मत पाएकी छन्।

त्यस्तै उपमेयरमा डंगोलले छ हजार ३४६ मत ल्याउँदा श्रेष्ठले जम्मा एक हजार ७८४ मत पाएका छन्। उनीहरूबीच चार हजार ५६२ मतको अन्तर छ।

अहिलेसम्म वडा नम्बर १ र २को गणना सकिइसकेको छ। वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को गणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077