Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना संक्रमण : उत्तर कोरियाद्वारा ज्वरोका कारण ८ जनाको मृत्यु भएको स्वीकार

एजेन्सी। गत साता कोरोनाबाट ‘पहिलो’ मृत्यु भएको पुष्टि गरेको उत्तर कोरियाले ‘ज्वरो’बाट थप आठ जनाको मृत्यु भएको स्वीकार गरेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार देशमा औषधि आपूर्तिमा देखिएको समस्या समाधान गर्न सेना परिचालन गरिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङ सहरमा औषधिको आपूर्तिलाई तुरुन्तै स्थिर गर्न सैन्य आयोगलाई आदेश दिएका छन् ।

एएफपीले उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै देशमा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ।

अप्रिलको अन्त्यदेखि रहस्यमय ज्वरो आएदेखि उत्तर कोरियामा १२ लाख १३ हजारभन्दा बढी ज्वरोबाट पीडित छन् भने कम्तीमा ५ लाख ६४ हजार मानिसको उपचार भइरहेको छ । तर, अहिलेसम्म कतिको मृत्यु कोरोना संक्रमणका कारण भएको हो भन्ने खुलाइएको छैन ।

२६ मिलियन जनसंख्या भएको उत्तर कोरियामा धेरैजसो मानिसहरूले खोप लिएका छैनन्। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले गरिब देशलाई दिने निःशुल्क भ्याक्सिन पनि लिन अस्वीकार गरेको थियो ।

उत्तर कोरियाले गत साता बिहीबार आफ्नो देशमा पहिलो कोरोना संक्रमित भेटिएको स्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077