Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

उनले ६ हजार भन्दा बढी मत पाउँदा मतअन्तर पनि बढाएका छन् । बालेनले ६ हजार २०७ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना अन्तिम चरणमा पुगेको छ ।

नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ । एक सय मत गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077