Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन शाहले आफ्नो अग्रतालाई कायमै राखे, अझै बढाए मतान्तर

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। सर्वाधिक चर्चाका मेयर उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई कायमै राखेका छन्।न शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

उनले नेकपा एमालेका केशव स्थापितसँग  २ हजार १०१ मतको मतान्तर कायम गरेका छन्।  २ हजार २२ मतले अगाडि रहेका बालेनले थप ७९ मतको मतान्तर बढाएका हुन्।

११ हजार ४४४ मत गणना हुँदा बालेनले ४ हजार ४०४ मत प्राप्त गरेका छन् भने स्थापितले २ हजार ३०३ मत प्राप्त गरे।

गठबन्धन तर्फकी कांग्रेसकी  सिर्जना सिंहले २ हजार ७० मत प्राप्त गरेकी छन्। सोमबारदेखि महानगरको ७ ठाउँबाट मतगणना गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077