Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • १५ मिनेटको अवरोधपछि सुरु भयो भरतपुरको मतगणना

    १५ मिनेटको अवरोधपछि सुरु भयो भरतपुरको मतगणना

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ।

    मतपत्र सदर र बदर गर्ने विषयमा एमाले प्रतिनिधिले अवरोध गरेपछि १५ मिनेट मतगणना प्रभावित भएको थियो।



    मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि मत गणना स्थगित भएको थियो ।



    मत चिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएका कारण बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।

    ‘सुरुमा मतपत्र सदर कि बदर गर्ने विषयमा विवाद सुरु भयो। तर मतपत्रमा स्वस्तिक छाप नै नदेखिएकाले सर्वसहमतिले बदर गर्ने निर्णय भयो’ मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने।

    पछिल्लो परिणामअनुसार यहाँ नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार