Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मतदान अधिकृत बनेर आफ्नै गाउँमा गएका मिश्रको गैरकानूनी हर्कत, हस्ताक्षर विनाको मतपत्र सदर गर्न अनुरोध

    मतदान अधिकृत बनेर आफ्नै गाउँमा गएका मिश्रको गैरकानूनी हर्कत, हस्ताक्षर विनाको मतपत्र सदर गर्न अनुरोध

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–४ मा रहेको श्री जनता सत्यनारायण माध्यमिक विद्यालय बसतपुरस्थित मतदान केन्द्रको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नै नभएको पाइएको छ ।

    मतदान अधिकृत हिराकान्त मिश्रले आफ्नो हस्ताक्षर नै नगरी मतदान गर्न लगाएका हुन् । आफ्ना दाजु पारस मिश्र र भतीज गोपाल मिश्रलाई मतदान स्थलमा राखेर मनपरि तरिकाले मतदान गराएको उनीमाथि आरोप छ ।



    मतदान अधिकृतको हस्ताक्षर बिना नै मतपत्र वितरण गरि मतदान गर्न लगाएको सार्वजनिक भएपछि सो केन्द्रमा विवाद उत्पन्न भएको थियो । तर, मतदान अधिकृत मिश्रले उल्टै हस्ताक्षर बिना भएको मतदानलाई सदर गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेका छन् ।



    क्रम संख्या ०१६८६०१ देखि ०१६८६५५ सम्मका केहि मतपत्रमा आफूले हस्ताक्षर नै नगरी मतदान गर्न लगाएको उनले स्वीकारेका छन् । उनले भूलवश त्यस्तो हुन गएको भन्दै सदर गर्न पत्र पठाएका हुन् ।

    वडा नं ४ का वडाध्यक्षका उम्मेदवार उमाकान्त झालाई दिइएको मतपत्रमा समेत हस्ताक्षर नभएको पाइएपछि मतदान अधिकृतको लापरवाहीको खुलासा भएको थियो ।

    मतदान अधिकृत मिश्रले आफ्ना दाजु पारस मिश्र र भतीज गोपाल मिश्रमार्फत निर्वाचन आचारसंहिताविपरीत कुनै निश्चित उम्मेदवारलाई फाइदा पुग्ने गरी काम गरेको र निर्वाचनको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा गरेको भन्दै अन्य उम्मेदवारका प्रतिनिधि र स्थानीयवासीले आवाज उठाएपछि
    विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं कर्मचारीहरूको रोहबरमा लिखित रुपमा गल्ती स्वीकार गरेका हुन् ।

    विवादास्पद छविका मिश्रलाई आफ्नै पालिकाको आफ्नै वडाको मतदान स्थलमा मतदान अधिकृत बनाएर पठाउने काम भएको भन्दै गाउँलेहरूलाई शुरूमै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सचेत गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार