काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । नगरप्रमुखमा खिलध्वज पन्थी विजयी भएका छन् । उपप्रमुखमा अमृतादेवी कुँवर विजयी भएकी छन् ।
यसअघि एमालेले जितेको रेसुंगामा कांग्रेसका पन्थीले यो पटक बिजय हासिल गरेका हुन् ।
पन्थीले ८ हजार ६ सय १४ मत ल्याएका छन् । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डे पराजित भएका छन् ।
पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन् । उनी नेपाल सरकारको उपसचिवबाट राजीनामा दिएर मेयर लड्न गएका थिए ।
Leave a Reply