Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हजार मत नगन्दै बालेनको पक्षमा सभागृह अगाडि समर्थकको नाराबाजी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा ंं जारी मतगणन परिणाम अनुसार महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले अग्रता कायम गरिरहेका छन् ।

देशकै सबैभन्दा ठूलो पार्टी नेकपा एमालका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नपाली कांग्रेसकी सृजना सिंहलाई पछि पारेका बालेनको पक्षमा सभागृह बाहिर अहिले समर्थकहरुले नाराबाजी गरिरहेका छन् ।

उनीहरुले म्यादी प्रहरीको ड्रेस लगाएर टिकटक बनाई भाइरल भएका एक युवाको भनाइमा बालेनको नाम जोडेर समर्थनमा नाराबाजी गरिरहेका छन् । उनीहरुले सभागृह बाहिर ‘सागर बसन्ते कृष्णे, बालेन्द्र नै हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन्।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा बालेनले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्।

मेयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार सुमन सायमि लगायत ५५ जना प्रतिस्पर्धामा छन्।

अहिलेम्मको मत परिणाम अनुसार शाहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत र तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077