Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भरतपुरमा प्रचण्डले हार स्वीकार गरिसकेको बादलको दाबी

    भरतपुरमा प्रचण्डले हार स्वीकार गरिसकेको बादलको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हार  स्वीकार गरिसकेको वताएका छन्।

    बादलले भरतपुरमा एमाले नै विजयी हुने दाबी गरे ।



    भरतपुरको नारायणी उच्च मावि केन्द्रबाट मतदान गरिसकेपछि पत्रकारहरुसँग बादलले भने, ‘सूर्य चिन्हले जित्छ भन्ने अस्तिको भेलाबाट थाहा भइसकेको छ । प्रचण्डले त आज बिहान पनि हारजित स्वभाविक भन्दै बोलिसकेका छन् । यसबाट नै थाहा हुन्छ नि प्रचण्डको स्वीकारोक्ति ।’



    भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी  रेनु दाहाल उम्मेदवार छन् भने एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई उठाएको छ। रेनु गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार