Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पैसा बाँडेको आरोपमा पक्राउ परेर छुटेका अन्सारीले भने–मलाई होइन महासेठ दम्पत्तिमाथि कारबाही हुनुपर्छ

    पैसा बाँडेको आरोपमा पक्राउ परेर छुटेका अन्सारीले भने–मलाई होइन महासेठ दम्पत्तिमाथि कारबाही हुनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पैसा बाँडेको आरोपमा जनकपुरको एक होटलबाट केही समय अघि पक्राउ परेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठ र उनका पत्नी पूर्वमन्त्री जुली महतोलाई कारबाही गर्न सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन् ।

    जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा पक्राउ परेका उनले उल्टै महासेठ दम्पत्तिमाथि कारबाही गर्न माग गररेका हुन् ।



    उक्त आरोप आधारहीन भएको र त्यस्तो आरोप लगाएर महासेठ र उनकी श्रीमती महतोले आफूलाई बदनाम गर्न खोजेको अन्सारीको दाबी छ ।



    जनकपुर गएको बेला आफूलाई नभेटेको भन्दै महासेठ दम्पती आफूसँग रिसाएको अन्सारीको भनाइ छ । उनले भने–‘रघुवीर महासेठ अरुलाई दासको नजरले हेर्नुहुन्छ । हिजो उहाँले फोन गरेर जनकपुरमा आउनुभएको बेला कुनै खबर गर्नुहुन्न भन्नुभएको थियो । मैले आफ्नो कामले आएको हो तपाईंलाई खबर गर्न आवश्यक छैन भन्ने जवाफ दिए । आज उहाँको एकजनाले पनि फोन गरेर असन्तुष्ट हुनुहुन्छ भन्नुभएको थियो । मैले उहाँको गुलाम होइन, दास होइन भनेर जवाफ दिएको थिए ।’

    आफ्नो बदनाम गर्न नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा टोली खटाइएको र उनलाई पक्राउ गरिएको पनि अन्सारीले बताए ।

    उनले भने–‘आज जुन घटना घट्यो, जुन व्यक्तिहरू आउनुभएको थियो, दुःखका साथ भन्नुपर्छ ती नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा टिम आएको थियो । पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ हुन् । उहाँहरूले नाराबाजी गर र बदनाम गर भनेर पठाउनुभएको थियो । प्रमाणबिना चरित्र हत्या गर्ने प्रयास भएको छ । सरकार र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अपील गर्न चाहन्छु महासेठ र महतोलाई कारबाही गरियोस् ।’

    जनकपुरबाट काठमाडौं आएलगत्तै अन्सारीले पत्रकार सम्मेलन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार