काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो ।
माओवादी केन्द्र निकट उनले महिला बसिरहेको स्थानमा गएर गालीगलौज गरेपछि झडप भएको स्थानीयबासीले जनाएका छन् । स्याउली चोकमा भएको घटनामा उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् । घाइते न्योपानेको अवस्था सामान्य छ।
पक्राउ परेका उमाकान्तको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । स्थानीय तहको निर्वाचन भोली हुँदैछ ।
Leave a Reply