Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायालय सुधारका लागि कार्ययोजना पेस गर्न समिति गठन

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश विश्वम्भर श्रेष्ठको संयोजकत्वमा मुद्दा व्यवस्थापन समिति गठन गरेको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) ले पुराना मुद्दाको न्यूनीकरणका लागि कार्ययोजना पेस गर्न न्यायाधीश श्रेष्ठलाई जिम्मा दिएको हो । अदालतमा वर्षौंदेखि मुद्दा सुनुवाइको पालो कुरिरहेको अवस्थामा त्यसको सुनुवाइ तथा न्यायालय सुधारका लागि कार्ययोजना पेस गर्न समिति गठन गरिएको हो ।

कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) ले समिति बनाएको हो । समितिका अन्य सदस्य भने तोकिएका छैनन् ।

मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्रसहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायिक सुधार र बक्यौता मुद्दा न्यूनीकरणका विविध उपाय सुझाएर प्रस्तुत गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077