Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्थानलाई ८ विकेटले हराउँदै दिल्ली पाँचौं स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

मुम्बईमा बुधबार राति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो ।

जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077