Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रिय भारत्तोलन खेलाडी सञ्जुको अन्त्येष्टि गृहजिल्ला बाँकेमा , खेलकुदमन्त्री गहतराजले गरे अन्तिम विदाइ

    राष्ट्रिय भारत्तोलन खेलाडी सञ्जुको अन्त्येष्टि गृहजिल्ला बाँकेमा , खेलकुदमन्त्री गहतराजले गरे अन्तिम विदाइ

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.5K
    SHARES

    बाँके । राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको बुधबार उनको गृहजिल्ला बाँकेमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

    युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका हुन् ।



    मंगलबार काठमाडौंमा मृत भेटिएकी उनको अन्त्येष्टिअघि पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी–३ बेलासपूरस्थित सञ्जुको घरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।



    मंगलबार विहान ललितपुरको लुभुस्थित आफू बसेको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी सञ्जुको पार्थिव शरीरलाई पाटन अस्पतालमा पोष्टमार्टम गरी मंगलबारै बाँके पठाइएको थियो ।

    श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

    प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षीया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार