काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले काठमाडौं शहरको मुहार फेर्ने प्रतिबद्धता जनाएकी छन् । फोहोरमैला व्यवस्थापनदेखि ट्राफिक जामको समस्या समेत समाधान गर्ने उनले बताइन् ।
चुनावी प्रचार सभाको अन्तिम दिन असनमा आयोजित कार्यक्रममा बोल्दै सिंहले सपना नबाँड्ने तर गर्न सकिने काम कार्यान्वयन गरेर छोड्ने बताइन् ।
उनले भनिन्–‘सुशासन दिन्छु । भ्रष्टचार मुक्त बनाउँछ । डिजिटल काठमाडौं बनाउने छु । फोहोर घरबाटै कम बनाउने काम गर्छु ।’
ठूलो बजेट भएको काठमाडौं २४ वर्षसम्म उस्तै छ रहेको बताउँदै उनले कुरुप शहरको मुहार फेर्ने दाबी गरिन् । विद्यालय सुरु हुने समयलाई हेरफेर गरी ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्–‘फुटपाथ अस्तव्यस्त छ । तर, उहाँहरुलाई हटाउँदिन । निश्चित स्थानमा व्यापार गर्ने व्यवस्था मिलाउँछु ।
Leave a Reply