Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • वडासदस्यका उम्मेदवारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदवारी

    वडासदस्यका उम्मेदवारको मृत्युपछि श्रीमतीले दिइन् उम्मेदवारी

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 894
    SHARES

    सिरहा । बैशाख ३० हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ ।

    नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन् ।



    सेखको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रकृया पूरा गरी निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।

    निर्वाचन अधिकृत खरेलले भने–‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्र लेख्यौँ, आयोगले तत्काल प्रकृया पठाइदिएकाले ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी प्रकृया पूरा गरेर निर्वाचन चिह्न दियौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार