Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राप्रपा उम्मेदवारमाथि सांघातिक आक्रमण

    राप्रपा उम्मेदवारमाथि सांघातिक आक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.5K
    SHARES

    जनकपुरधाम । धनुषामा राप्रपाका उम्मेदवारमाथि कुटपिट गरी घाइते बनाएका छन् । जिल्लाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि नेकपा एमालेका कार्यकर्ताले सांघातिक आक्रमण गरेको राप्रपा धनुषाले जनाएको छ ।

    सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।



    मियाँको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ । प्रवक्ता श्रेष्ठले यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार