Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सरकारलाई सफल बनाउन अपिल गर्दा जनता धम्क्यायो भनेर गलत अर्थ लगाइयो : प्रचण्ड

    सरकारलाई सफल बनाउन अपिल गर्दा जनता धम्क्यायो भनेर गलत अर्थ लगाइयो : प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.4K
    SHARES

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भनाइलाई गलत अर्थ लगाइएको बताएका छन् ।

    आइतबार पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै उनले भरतपुरमा सत्ता गठबन्धनले नजिते राजनीतिक दुर्घटनाको खतरा छ भन्ने भनाइलाई गलत अर्थ लगाइएको बताएका हुन् ।



    उनले गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको बताए ।



    ‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानको विरुद्ध हुँदै थियो । त्यसलाई परास्त गर्ने सन्दर्भमा जन्मेको हो गठबन्धन । यो गठबन्धनको विरुद्धमा राजावादी, गणतन्त्र विरोधीहरुको अर्को गठबन्धन जो आएको छ त्यसलाई परास्त गर्न आवश्यक छ,’ उनले भने, ‘अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ । मैले यो कुरा भन्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपिल गर्दै गर्दा कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार