Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • स्थानीयसँग सहमति नजुटेपछि ३ सय प्रहरी खटाएर दुई सातापछि पुनः उठाउन थालियो काठमाडौंको फोहोर

    स्थानीयसँग सहमति नजुटेपछि ३ सय प्रहरी खटाएर दुई सातापछि पुनः उठाउन थालियो काठमाडौंको फोहोर

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं। दुई सातापछि बल्ला काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ । पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि रोकिएको फोहोर व्यवस्थापनको काम सुरक्षाकर्मीको सहयोगमा आजबाट पुनः सुचारु भएको हो ।

    स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य शनिबारदेखि गरिएको हो ।



    पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।



    पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो ।

    पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।

    हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको महानगरपालिकाले जनाएको छ ।

    हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार