Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मेयरका उम्मेदवार पौडेललगायतलाई कारबाही गरेको भन्दै भरतपुर कांग्रेसका १ सय ३६ कार्यकर्ताले दिए संयुक्त राजिनामा

    मेयरका उम्मेदवार पौडेललगायतलाई कारबाही गरेको भन्दै भरतपुर कांग्रेसका १ सय ३६ कार्यकर्ताले दिए संयुक्त राजिनामा

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.4K
    SHARES

    चितवन । भरतपुर महानगरको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन्।

    जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको तर, पार्टीले कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएको जनाएका छन् ।



    उनीहरूले संकलन गरेको माईनुटमा लेखिएको छ–‘नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा प्रस्तावक र महाधिवेशन प्रतिनिधि मीना खरेलको समर्थनले पौडेलको उम्मेद्वारी थप बलियो भएको महशुस गर्दै उहाँहरूको अबैधानिक कारबाही विरुद्ध हामी महागनरभित्रका सदस्यहरूले राजीनामा पेश गरेका छौँ।’



    राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म छन् । मेयर पदका उम्मेदवार पौडेलका सहयोगी नविन बरालका अनुसार अझै हस्ताक्षर संकलनका काम भइरहेकाले राजीनामा दिनेको संख्या अझै बढ्न सक्छ ।

    उनीहरूले उठाएको माइनुट पत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरेर राजिनामा लेखेका छन्। सबैभन्दा धेरै भरतपुर महानगरपालिका–१५का कार्यकर्ताले राजिनामा लेखिएको मनाईनुटमा हस्ताक्षर गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार