Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इतिहासमै पहिलोपटक कञ्चनजंघाको शिखरमा नेपाली सेनाको टोली

काठमाडौं । नेपाली सेनाको टोली संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा पुगेको छ ।

शनिबार बिहान नेपाली सेनाको टोली ताप्लेजुङमा अवस्थित कञ्चनजंघा शिखरमा पुगेको हो । नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेको जनाइएको छ ।

सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको हो ।

सफाइ अभियानको ह्यान्डलिङ एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाका अनुसार टोलीमा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक छिरिङ जाङबु शेर्पा, फुर्वा शेर्पा, ङिमा छिरिङ शेर्पा र छेवाङ शेर्पा छन् ।

दुई नेपाली सेनासहित हिमाल सफाइ अभियानका ६ जना शिखरमा पुगेका हुन् । समुन्द्री सतहदेखि ८ हजार ५ सय ८६ मीटरको कञ्चनजंघालाई प्राविधिक रुपमा आरोहण गर्न कठिन हिमाल भनेर चिनिन्छ ।

नेपाली सेनाको अगुवाइमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाइ भइरहेको छ । गत वर्ष यी हिमालहरुबाट १३ हजार किलोभन्दा बढी फोहोर सेनाले संकलन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077