Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जनकपुरमा धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो

    जनकपुरमा धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । निर्वाचन नजिकिँदै जाँदा पनि जनकपुर उपमहानगरपालिकामा जितहारको स्पष्ट तस्बिर अनुमान गर्न सकिएको छैन ।

    पाँच दलीय गठबन्धनले जसपा नेता लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी लगभग दुई गुणा बढी मतले मेयरमा निर्वाचित भएका थिए । उनले कांग्रेसका मनोज साहलाई पराजित गरेका थिए ।



    लालकिशोर अहिले जसपाबाट र मनोज स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । अघिल्लोपटक द्विपक्षीय भिडन्त भएको थियो भने यसपटक धेरै उम्मेदवार हुँदा परिस्थिति फेरिएको छ ।



    जनकपुरधामको मेयरका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । जसमा लोसपाबाट मनोजकुमार चौधरी, नेकपा एमालेवाट शिवशंकर साह ‘हिरा’, जसपाबाट लालकिशोर साह, स्वतन्त्रवाट मनोज साह, वलराम महतो र जानकीराम साह रहेका छन् ।

    मनोज साह कांग्रेसतर्फका मेयरको उम्मेदवार थिए तर पाँचदलीय गठबन्धनमा जसपाको खातामा जनकपुरधाम परेपछि मनोज पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार