Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजवुद रहेको नेम्वाङको दाबी

    छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजवुद रहेको नेम्वाङको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी बलियो बन्दै गएको दाबी गरेका छन् । उनले छोडेर जानेभन्दा आउने धेरै भएकाले पार्टी मजवुद रहेको दाबी गरेका हुन् ।

    ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ आम्बेगुदिनमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएको तर चुनावपछि आफैँ शिथिल हुने बताए ।



    उनले भने,‘हाम्रो जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएका छन्,चुनावपछि उनीहरू आफै शिथिल हुन्छन् । पालिका चुनावमा एमाले अब्बल देखिनेछ ।’



    राष्ट्रियताको भावना र कार्यशैलीले नागरिकको मन जितेको बताउँदै उनले यही ओजका कारण पालिका चुनावको नतिजामा एमाले अब्बल देखिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार