बाजुरा । बाजुरामा नेकपा एकीकृत समाजवादी र कांग्रेस कार्यकर्ताबीचको झडप अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । जिल्लाको बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ पाण्डुसेन दिनभर तनावग्रस्त बनेको थिाये ।
अहिले पनि झडप जारी रहेको प्रहरीले जनाएको छ । झडपकै क्रममा नेकपा एकीकृत समाजवादीका कार्यकर्ता पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ । खुकुरी प्रहारबाट रावतसहित दुई जना गम्भीर भाइते भएको प्रहरीले जनाएको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर समेत गरेको थियो ।
झडप नियन्त्रण हुन नसकेपछि थप सुरक्षाका लागि जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा परिचालन भएका छन् । समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै कांग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेर लखेटेका थिए।
झडपपछि समाजवादीका कार्यकर्ताहरु अस्थायी प्रहरी चौकीमा पुगेका थिए। उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकताहरुले प्रहरी चौकी समेत तोडफोड गरेका छन्।