बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । नगरपालिकाको वडा नम्बर ९ पाण्डुसेन दिनभर तनावग्रस्त बनेको हो । समाजवादीका कार्यकर्ताहरु प्रहरीको संरक्षणमा रहेका छन् ।
प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेस कार्यकर्ताले प्रहरी चौकी घेराउ गरेको जनाइएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले जानकारी दिए ।
दिउँसो नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको थियो । एकीकृत सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए ।
एकीकृत सामाजवादीका कार्यकर्ता चौकीभित्र रहेको भन्दै कांग्रेस कार्यकर्ताले प्रहरी चौकीमा नै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।