Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरा  । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

चुनाव प्रचारप्रसारको क्रममा जिल्लाको बुढीनन्दा नगरपालिका-९ मा झडप भएको हो ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ ।

कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ । प्रहरीतर्फ तीनजना र नेपाली कांग्रेसका तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077