Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • मुख्यमन्त्री, मन्त्रीदेखि मतदाताको पाउमा पैसा राखेर ढोग्ने उम्मेदवारसँग स्पष्टीकरण

    मुख्यमन्त्री, मन्त्रीदेखि मतदाताको पाउमा पैसा राखेर ढोग्ने उम्मेदवारसँग स्पष्टीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दलका नेता तथा कार्यकर्तासँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकाे छ ।

    आयोगले हालसम्म निर्वाचन आचारसहिता उल्लंघन तचा मतदातालाई प्रभावित गर्न खोज्ने मुख्यमन्त्रीदेखि उम्मेदवारसम्मलाई स्पष्टीकरण सोधिसकेको छ ।



    आयोगका अनुसार हालसम्म ३७ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिकसकेको छ ।



    स्पष्टीकरण सोधिनेमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्ष प्रदीप पोखरेल, एमाले काठमाडौंका प्रमुख उम्मेदवार केशव स्थापित, बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलगायतका रहेका छन् ।

    उनीहरुले निर्वाचन आचारसंहिता विपरित कार्य तथा अभिव्यक्ति दिएकाले स्पष्टिकरणल सोधिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार