कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–४ राजिपुर सुपारी आम बस्ने ४२ वर्षीया शारदा जोशीको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरको धारामा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
उनको नवजिबन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Leave a Reply