Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको विवादास्पद अभिव्यक्ति-रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

एमालेको चुनावी सभालाई सम्बोधन गर्न कैलालीको बर्दगोरीया गाउँपालिका स्थित बौनिया पुगेका ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

तीन वटा चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आइपुगेका ओलीले सभामा भने, ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन्। अनेकौँ हजार मान्छे मरे जेलमा हुनुपरेन, यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर अर्को मान्छेलाई जेल हालिएको छ। रेशम चौधरी त्यति बेला यहाँ थिए। उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन।’

उनले भने, ‘मैले थारु समुदायका नेताहरूसँग ६ बुँदे सम्झौता गरेर ती समस्याको समाधान गरौँला भनेको थिएँ। तर, सरकार गयो। अहिलेको सरकारले १० महिनासम्म ती कुनै समस्या समाधानको पहल गरेको छैन। हामीले थारु कल्याणकारीलाई बोलाएर तपाईँहरूका समस्या समाधान गछौँ भनेका थियौँ। हाम्रो गृह मन्त्री उहाँहरू अनसन बसेकै ठाउँमा गएर समस्या समाधानको पहल गरेका थियौँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077