Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केशव स्थापितले सूर्यमा मतदान गर्ने महिलाको पनि अपमान गरेको महामन्त्री थापाको भनाई

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिलाविरुद्ध घृणाको अभिव्यक्ति दिने एमालेका उम्मेदवार केशव स्थापितले काठमाडौंका महिलाको अपमान गरेको बताएका छन् ।

स्थापितबाट काठमाडौंमा बिहीबार आयोजित क्रियाशील कार्यकर्ता भेला कार्यक्रममा एमालेले सूर्यलाई मतदान गर्ने र सँगै उपमेयरको उम्मेदवार बनेकी महिलाको अपमान भइरहेको थापाको भनाइ थियो ।

थापाले महिलाविरोधी अभिव्यक्ति मेयरको उम्मेदवारबाट आउँदा महिलाको अपमान भएको बताए ।

उनले सूर्यमा मतदान गर्ने महिलाको पनि अपमान भएको उनको भनाइ थियो । 'महिलाद्वेषी, हेट, महिलालाई काम नलाग्ने भनिसकेपछि यो कुनै एक जना महिलाको होइन; यो काठमाडौंका सबै महिलाको अपमान हो । स्वयं उहाँसँग हिँडिरहेको उपमेयर महिलाको अपमान हो,' उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077