Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उम्मेदवारको घरनजिक भेटियो शंकास्पद वस्तु, बम हुनसक्ने आशंका

काठमाडौं । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु फेला परेको छ । पूर्व माओवादी ढकालको सुन्दरहरैंचा–११ शुक्रबारेमा रहेको घर नजिकै आज बिहान सो वस्तु फेला परेको हो ।

ढकालको घरनजिक मकैबारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा प्रेसर कुकर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं भन्ने पर्चा भेटिएको छ । पर्चा सोही प्रेसर कुकरमा टेपले बाँधेर राखिएको डीएसपी श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमला नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेर वरपर मानिस तथा सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ़ जाँदैछ । घटनास्थल पुगेर टोलीले यकिन गरेपछि उक्त वस्तु बम होकि हैन भनेर पुष्टि हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077