Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सर्बोच्च अदालतमा आईजीपी नियुक्ति बिबादको बहस

    एआईजीकै मुद्दा बिचाराधिन हुँदाहुँदै सिंहलाई आईजीपी बनाउनु कानुनको बर्खिलाप भएको पोखरेलको जिकिर

    एआईजीकै मुद्दा बिचाराधिन हुँदाहुँदै सिंहलाई आईजीपी बनाउनु कानुनको बर्खिलाप भएको पोखरेलको जिकिर

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको प्रकरणलाई लिएर सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको हो ।

    सर्वोच्च अदालतमा सुनुवाइका क्रममा एआईजी विश्वराज पोखरेलपनि इजलासमा उपस्थित छन् ।   न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।



    रिट निवेदक पोखरेलका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सतिषकृष्ण खरेल र हरिहर दाहाल, अधिवक्ता मेघराज पोखरेलले बहस गरेका छन् छन् । अब , महादेव प्रसाद यादव,, ललित बस्नेत, माधव बस्नेत, सानुराजा पोखरेल, सुनिल पोखरेल, पूर्णमान शाक्यले पनि बहस गर्दैछन्। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी धिरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आईजीपीको दर्ज्यानी चिन्ह लगाएर कार्यभार थालिसकेका छन् ।



    पोखरेल २०७७ मंसिरमा एआईजीमा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेलपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गरेको थियो । त्यसको ९ महिनापछि  बसन्त पन्त, धिरज प्रताप सिंह र  रवीन्द्र बहादुर धानुकलाई देउवा सरकारले बढुवा गरेको थियो । पन्तले भने अबकाश पाइसकेका छन्।

    सिंहसहित एआइजी बढुवा गर्दा असन्तुष्ट भएका डीआईजीहरु पनि अदालत गएका थिए। सर्वोच्च अदालतमा सिंह एआईजीमा नियुक्तिको विषय पनि विचाराधीन छ। एउटा मुद्दा बिचाराधिन हुँदाहुँदै र आँफैले डेढ महिना अघि मात्र एआईजीको दर्ज्यानी चिन्ह लगाइदिएका सिंहलाई सरकारले आईजीपी बनाएर कानुनको बर्खिलाप गरेको पोखरेलको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार