Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारद्वारा सशस्त्रका पूर्व आईजीपी खनालसँग बयान, करोडौ घोटाला गरेको आरोप

काठमाडौं । सशस्त्र प्रहरी बलका अवकासप्राप्त प्रमुख शैलेन्द्र खनालमाथि अकुत सम्पति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन थालेको छ ।

अख्तियारले खनालमाथि लामो समयअघि देखि अकुत सम्पति कमाएको आरोपमा छानविन गरिरहेको थियो । खनाल अहिले अख्तियारमा हप्तामा एक पटक बयान दिन नियमित जाने गरेको स्रोतले बतायो । उनीमाथि करोडौं घोटाला गरेको आरोप छ ।

यसअघि खनालको कार्यकालमा सामान र जग्गा खरिदमा अनिमितता भएको भन्दै छानविन भएको थियो । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको थियो ।

अवकासप्राप्त आईजीपी शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भएको’ भन्दै प्रमाणसहितको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077