Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले भन्यो-'भारतीय प्रधानमन्त्रीको भ्रमणबारे आधिकारिक जानकारी आएको छैन'

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको पुष्टि गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएको सोमबार अखबार द हिन्दूले समाचार लेखेको थियो ।

अखबार हिन्दूले लेखेको छ,'सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।' तर परराष्ट्र मन्त्रालय भन्छ,'भीभीआईपी भ्रमण हुने कुरा मन्त्रालयलाई थाहा हुनु पर्ने हो तर, त्यस विषयमा कुनै पनि जानकारी प्राप्त भएको छैन । अहिलेसम्म कुनै भ्रमण उच्चस्तरबाट हुने जानकारी आइसकेको छैन । निकट भविष्यमा खबर आउला भन्ने बेग्लै कुरा हो । भ्रमणको खबर प्राप्त भएको भए सूचना दिन अप्ठयारो हुँदैन थियो ।'

प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना अघि भारत भ्रमण गरेका थिए । कोभिड–१९ महामारीको पछिल्लो प्रकार ओमिक्रोन संस्करण केही मत्थर भएसँगै भारतका प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गरेका छन् ।

यतिबेला मोदी युरोप भ्रमणमा रहेका छन् । त्यहाँबाट फर्केलगत्तै नेपाल भ्रमणमा आउने भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ । आफ्नो अघिल्लो कार्यकालमा मोदी चार पटक नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077