Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार

    प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपाल र अनलाइन टिभि पत्रकार सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले कुनै पनि खालको प्रेस स्वतन्त्रता विरोधी खाले कानुन ल्याउने पक्षमा नरहेको र यदी त्यस्तो प्रेस स्वतन्त्रता विपरीत कानुन भइरहेको भए पनि संशोधनको पक्षमा रहेको बताए। “ नेपाल प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता रहेकोले कानुनमा प्रेस स्वतन्त्रताविरुद्ध कुरा राखिदैन ।”



    मन्त्री शर्माले पत्रकारमाथिको निगरानी र घेराबन्दी प्रेस स्वतन्त्रता विपरीत रहेको बताए । सरकारले प्रेसलाई नियन्त्रण र निगरानी नभइ जवाफदेही बनाउनुपर्ने उनले बताए । “प्रेसले फौजदारी र देवानी कानुन उल्लङ्घन गर्छ भने नियन्त्रण नभइ जवाफदेही बनाउनुपर्दछ,” उनले भने।



    उनले संसद् लामो समयदेखि सञ्चालन हुन नसक्दा नागरिकसँग प्रत्यक्ष जोडिएका कानुन संशोधन गर्न कठिनाई भएको भनाइ राखे । “लामो समयदेखि संसद् सुचारु नहुँदा जनताका आवाज लामो समयदेखि अवरुद्ध छन्,” उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार