Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वायु सेवा निगमका कार्यकारी अध्यक्षको मानसिक यातनाका कारण कर्मचारी बेहोस !

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मानसिक यातना दिएपछि निगमका एक कर्मचारी उनकै कार्यकक्षमा बेहोस भएका छन् ।

अधिकारीले निगमसँग जोडिएको आफ्नो गोप्य सूचना लिक गराएको आरोपमा ति कर्मचारीलाई यस अघि पनि पटक–पटक मानसिक यातना दिएको कर्मचारीहरुकै आरोप छ ।

यस अघि पटक–पटक कार्यकक्षमा बोलाएर दुव्र्यवार गरेको र सोमबार पनि कार्यकारी अध्यक्षले आफ्नै कार्यकक्षमा बोलाएपछि ओझा थरका ति कर्मचारी बेहोस भएर ढलेको निगम कर्मचारी संघले जनाएको छ ।

वेहोस भएर ढलेका उनलाई अधिकारी आफैले मोडेल अस्पताल लगेका छन् । निगमसँगै रहेको वीर अस्पताललाई छाडेर कार्यकारी अध्यक्ष अधिकारीले मोडल अस्पताल पु¥याएको भन्दै निगमका कर्मचारीले विरोध गरिरहेका छन् ।

कर्मचारीहरुले मोडलमा अधिकारीकी पत्नी कार्यरत रहेकाले षड्यन्त्रपूर्वक ल्याइएको आरोप लगाएर अहिले अस्पताल घेराउ गरेका छन् ।

ओझामाथि मानसिक दबाब परेको कर्मचारी संघको दावी छ । केही दिनअघि पर्यथनमन्त्री प्रेम आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेका थिए । सोही सूचना लिक गराएको आरोपमा अधिकारीले उनलाई मानसिक यातना दिएको कर्मचारीहरुको आरोप छ ।

मिडियामा आएको समाचारका लिंक ति कर्मचारी संघको मेसेन्जर ग्रुपमा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077