Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • १९ करोड बराबरको राजश्व चुहावट गरेको अभियोगमा एभरेष्ट यति इन्टरनेशनलविरुद्ध मुद्दा दायर

    १९ करोड बराबरको राजश्व चुहावट गरेको अभियोगमा एभरेष्ट यति इन्टरनेशनलविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा एक व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।



    राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको छ ।



    विभागले ९ करोड ६७ लाख ३२ हजार ५६० बराबरको ठगी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ रु तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ रु छ करोड २७ लाख १४ हजार ५६० बराबरको बदमासी गरेको पाइएको छ ।विभागले बिगोको दोब्बर बराबरले हुन आउने रु १९ करोड ३४ लाख ६५ हजार १२० बराबर असुल गरी कैद सजायकोसमेत माग गरेको छ ।

    कायम भएको विगो र सजायको मागदाविः राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क), (ग) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा २(छ१) हुन आउने मु.अ.कर तर्फ रु. ३,४०,१८,०००।- र आयकर तर्फ रु. ६,२७,१४,५६०।- समेत जम्मा हुन आउने कुल विगो रु. ९,६७,३२,५६०।- (नौ करोड सतसठ्ठी लाख वत्तिस हजार पाँच सय साठी रुपैया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन सहित) को दफा २३(१) बमोजिम प्रतिवादीहरुबाट विगो रु. ९,६७,३२,५६०।- असुल गरी सोही ऐनको दफा २३(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. ९,६७,३२,५६०।- जरिवाना तथा दफा २३(१)(ग) बमोजिम कैद सजाय हुन मागदावी गरी अभियोग पत्र दायर गरिएको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार