Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादी सल्यानका उपाध्यक्ष र दैलेखमा उपसचिव एमाले प्रवेश

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका छन् ।

दैलेखमा छामिछाने मगरसहित जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रविन्द्रप्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन् ।

नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरूले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077