Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आईजीपी सिंहले गरे पदबहाली , निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट सम्पन्न गर्न निर्देशन

    आईजीपी सिंहले गरे पदबहाली , निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट सम्पन्न गर्न निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी )धिरज प्रताप सिंहले पदबहाली गरेका छन्।

    आईजीपीको दर्ज्यानी चिन्ह लगाएपछि सिंहले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर पदबहाली गरेका हुन। आईजीपी सिंहले प्रहरी अधिकारीहरुलाई ब्रिफिङ समेत गरिसकेका छन् ।



    ब्रिफिङका क्रममा आईजीपी सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट सम्पन्न गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।



    मन्त्रिपरिषदको  वैशाख १८ गतेको निर्णयअनुसार आजबाट लागू हुने गरी आईजीपीमा पदोन्नति भएका धिरज प्रताप सिंहले आजै दर्ज्यानी चिन्ह लगाएका थिए।

    सिंहदरबारस्थित गृहमन्त्रालयमा सोमबार आयोजित विशेष समारोहबीच गृह सचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका थिए । गृहसचिव पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका थिए।

    सो क्रममा सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यतापूर्ण रुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशिलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको गृह मन्त्रालयमा बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार