Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • इमरान खानसहित १५० समर्थकहरूविरुद्द मुद्दा दायर

    इमरान खानसहित १५० समर्थकहरूविरुद्द मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    साउदी अरेवियाको मस्जिद–ए–नबवीम प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुव्र्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।



    सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू (इमरान खानका समर्थकहरू)ले चोर गद्दर भनेर चिच्याइरहेको देख्न सकिन्छ ।



    पाकिस्तानी तीर्थयात्रीहरूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि अपमानजनक भाषा प्रयोग गरेका थिए । मदिना प्रहरीले नाराबाजीमा संलग्न पाँच पाकिस्तानीलाई पक्राउ गरेको दाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार