Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • इक्वेडरमा संकटकाल घोषणा

    इक्वेडरमा संकटकाल घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 2.5K
    SHARES

    एजेन्सी । बढ्दो अपराधका कारण इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले पश्चिमी तीन प्रान्तमा संकटकाल घोषणा गरेका छन् ।

    गुयास, मनाबी र एस्मेराल्डासमा संकटकाल घोषणा गरिएको हो । शान्ति र व्यवस्था लागू गर्न ती प्रान्तमा कर्फ्यू लगाइने र हजारौं सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।



    इक्वेडरमा हत्या र गिरोहसँग सम्बन्धित अपराधमा तीव्र वृद्धि भएको छ । राष्ट्रपति लासोले गत वर्ष पदभार ग्रहण गरेपछि हिंसा रोक्न आपतकालीन शक्ति प्रयोग गरेको यो दोस्रो पटक हो ।



    सडकमा ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिने लासोले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार