Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारले पाए चुनाव चिह्न

    स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारले पाए चुनाव चिह्न

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार चुनाव चिह्न प्रदान गरेको छ ।

    ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई साँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गरिएको हो । राष्ट्रिय मान्यता पाएका ६ वटा दलसँगै राष्ट्रिय मान्यता नपाएका दललाई पनि चिह्न दिइएको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–२६ मा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका पार्टीले पनि आफ्नै चिह्न पाएका छन् ।



    २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलले निर्वाचन कार्यालयमा पेस गरेको जिल्लागत संगठन संरचनाको आधारमा चिह्न दिइएको आयोगले जनाएको छ । यसमा विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत २३ दलले आफ्नै चिह्न पाएका छन् ।



    त्यसै गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नेपाललगायत ४० दलले पनि आफ्नै चिह्न पाएका छन् । ती दलका चुनाव चिह्न पहिल्यै तय भए पनि स्वतन्त्र उम्मेदवारले भने आफूले चाहेको चिह्न नभई ४० प्रकारका चिह्नमध्येबाट चुनाव चिह्न पाएका छन् ।

    जसमा पुतली, ब्याडमिन्टन कर्क, खरायो, भुइँकटहर, हाँस, आँप, गुलाबको फूल, जेब्रा, लौरो, खानेपानीको धारा, कैंची, मुढा, जेब्रा, लालटिन, सेफ्टी पिन, प्रेसर कुकर, चील, काग, चुलेसी, भ्यागुता, खसीको टाउकोलगायत छन् ।निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिह्न पाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार