Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनाद्धारा २० हजार घनमिटरको विशाल ढुंगामा ब्लाष्टिङ, २८५ परिवारको जोखिम टर्‍यो

काठमाडौं । नेपाली सेनाले नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको २० हजार घनमिटरको विशाल ढुंगा ब्लाष्टिङ गरेको छ ।

नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा कालीभञ्जन गण (ई) बाट खटिएको प्राविधिक टोलीले ब्लास्टिक गरेको हो ।

शनिबार ठूलो ढुंगा सेनाले ब्लाष्टिङ गरेसँगै ४७ घरधुरीका २८५ परिवारको जोखिम टरेको बताइएको छ । बस्तीमाथि जोखिम भएकाले २० हजार घनमिटरको विशाल ढुंगा ब्लास्टिङ गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार फागुन १४ गतेबाट ब्लाष्टिङ कार्य शुरु गरी वैशाख १५ गते ढुङ्गा व्यवस्थापन सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077