Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • जिम्बाबे ‘ए’ सँग पहिलो एकदिवसीय क्रिकेट खेल्दै नेपाल

    जिम्बाबे ‘ए’ सँग पहिलो एकदिवसीय क्रिकेट खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । घरेलु टोली नेपालले आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो एकदिवसीय सिरिज अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।

    खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ः३० सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ सँगको एकदिवसीय सिरिजका लागि शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।



    टोलीमा सुसन भारी, विनोद भण्डारी, सुनिल धमला र किशोर महतोले पुनरागमन गरेका छन्। यस्तै, युवा अलराउन्डर आदिल अन्सारी पहिलो पटक एकदिवसीय टोलीमा परेका छन्। यसअघि उनी टी-२० टिममा थिए।



    नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो।

    आयोजक नेपालले भ्रमणकारी टोली जिम्बाब्वे ‘ए’सँग तीन एकदिवसीय र तीन टी२० सिरिज खेल्नेछ। एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ। एकदिवसीयपछि नेपालले टी२० सिरिज खेल्नेछ। टी२० सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार