Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • उद्घाटन गरेको एक वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेन धरहरा, एक वर्ष म्याद थप्ने तयारी

    उद्घाटन गरेको एक वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेन धरहरा, एक वर्ष म्याद थप्ने तयारी

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको एक वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ वैशाख २०७८ मा नै धरहराको उद्घाटन गरेको थियो ।

    विस्तारित धरहराअन्तर्गत धरहरा टावरको संरचना बन्न साथ हतारमा उद्घाटन गरेका कारण अहिलेसम्म पनि सर्वसाधारणका लागि खुला हुन नसकेको हो ।



    धरहरा पुनर्निर्माणअन्तर्गत अहिले पनि रंगरोगन, लाइटिङलगायतका काम जारी रहेको छ । धरहराको अन्डरग्राउन्ड पार्किङसमेत सम्पन्न हुन सकेको छैन । धरहराको टावरमुनि तीनतले भूमिगत पार्किङ बनाउने काम भइरहेको छ ।



    खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक निर्माणको नयाँ योजना पनि रहेको छ । जसको काम पनि बाँकी छ । बगैंचा, पार्क निर्माणको कामसमेत बाँकी रहेको छ

    निर्धारित समयमा पुनर्निर्माण सम्पन्न नभएपछि उद्घाटन गरेको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद फेरि करिब एक वर्ष थप्न थालिएको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार