Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बिहीबार निर्वाचन आयोगको चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।

ञवैधानिक र औचित्यपूर्ण कारण आधारबिना निवेदिकाको उल्लेखित मनोनयनपत्र कम्पयुटरमा प्रविष्ट नभएको वा निवेदिकाको उक्त मनोनयन निस्तेज गरी उम्मेदवारको सूचीबाट हटाउँदा निवेदिकालाई असर पर्न जाने देखिँदा अन्तरिम आदेशको छलफलबाट टुङ्गो नलागेसम्म निवेदिकाको राजविराज नगरपालिकाको उपप्रमुख पदमा दर्ता गरेको ३९३ नं को मनोनयनपत्र बदर तथा रद्द नगर्नूञ, आदेशमा भनिएको छ ।

चौधरीले आफूले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरे पनि निर्वाचन आयोगले कम्यूटरमा प्रविष्ट नभएको उल्लेख गर्दै खारेज गर्न लागेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

अदालतले प्रारम्भिक सुनुुवाइ गरेर उक्त निर्णय कार्यान्वयन नगर्न भनेको छ भने दुवै पक्षको छलफलका लागि यही वैशाख २० गतेका लागि पेसी तोकिएको छ । उम्मेदवारी रद्द गर्नुका कारण लिखितरूपमा १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत पेस गर्न आदेश भनिएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077