Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भरतपुरका बागी उम्मेदवार फकाउन खोज्दा गृहमन्त्रीलाई पत्र काट्ने तयारीमा आयोग

    भरतपुरका बागी उम्मेदवार फकाउन खोज्दा गृहमन्त्रीलाई पत्र काट्ने तयारीमा आयोग

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भरतपुरका बागी उम्मेवार फकाउन गृहमन्त्री बालकृष्ण खाँड अन्तिम प्रयासमा जुटेका छन् ।

    दुई दिनदेखि चितवनमा रहेका खाँण र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका नेपाली कांग्रेसका नेतासँग छलफल थालेका छन्।



    उम्मेदवारी फिर्ता गराउन अन्तिम प्रयास स्वरुप खाण र श्रेष्ठले बेग्लाबेग्लै छलफल थालेका हुन्। भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएका जगनाथ पौडेलसहित चितवनका नेताहरुसँग उनीहरुले एक्ला एक्लै र सामूहिक छलफल गरेका छन् ।



    चितवन पुगेर बागी उम्मेदवार फकाउन सक्रिय भएका गृहमन्त्री खाणको गतिविधिलाई निर्वाचन आयोगले ‘नोटिस’मा लिएको जनाएको छ।

    बिहीबार नियमित पत्रकार सम्मेललमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक सञ्चार माध्यममा आएका कुराहरु आयोगले अनुगमन गरिरहेको र गृहमन्त्रीको भ्रमणप्रति ध्यानाकर्षण भएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार